हिमालयन प्रोपर्सनमा सीनो–इन्डिया–नेपाली क्लोरावेसन
सुनाखरी न्युज/ काठमाडौं – मधुवन फुडले कैलास यात्रामा जाने सबैको लागि खानाको ब्यवस्था गर्ने निर्णय गरेको छ । यसको लागि भारत, चीन र नेपाल बीचको सहकार्यमा यात्रामा जाने यात्रुलाई ‘सात्वीक’ भोजन उपलब्ध गराउने छ । यस कम्पनीमा एसोसियसन अफ कैलास टुर अप्रेटर (एक्टोन)का प्रेसिडेन्ट र एमजी डाइरेक्टर एक्स्पोर कैलास टेक्स् प्रा लि का प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमितप्रताप गुप्ताले सहकार्य गर्नुभएको हो ।
प्रकाश श्रेष्ठ यो कार्यक्रमको मुख्य कोअडिनेटर हुनुहुन्छ जसले सबै एक्टोनका सदस्यहरुलाई सहयोग गर्नुहुने छ । उहाँले चीनमा लजिस्टीक र सबै खानेकुराहरुको ब्यवस्था गर्न सहयोग गर्नुहुने छ भने सुमितप्रताप गुप्ताले खानेकुराहरुको ब्ययस्थापन बिभिन्न ठाउँमा मिलाउनु हुने छ । हरेक बर्ष कैशल मानसरोवर यात्राले नेपाली इकोनोमिलाई अगाडि बढाउन सहयोग पुर्याई रहेको छ । यसमा एक्टोनका प्रेसिडेन्ड प्रकाश श्रेष्ठले निकै ठूलो भूमिका खेल्दै आउनु भएको छ । उहाँको सहयोगमा बिगत २५ सहजीकरणको काम हुँदै आएकोमा अहिले बर्षदेखि यी तीन वटा देशको बीचमा सहकार्य हुनुमा उहाँको निकै ठुलो भूमिका रहेको छ ।
उहाँले तिर्थयात्रुको स्वादलाई ध्यानमा राखेर भारतीय सेफ ल्याएर सबै ठाँउमा भारतीय स्वादमा खाना बनाइने छ । यात्रा अवधिभर, तिर्थयात्रुलाई उनिहरुको टेष्ट अनुसारको खाना दिइने छ । कम्पनीको चाहना यो छ कि सबै तिर्थयात्रुहरु संन्तुष्ट भएर तिर्थ गर्न सकुन । यात्रा अवधिभर यसरी दिइने सेवाले तिर्थयात्रुले सुविधा पाउने छन् भने नेपालमा रोजगारी सृजना हुने छ । यो विल्कुलै युनिक तथा फरक सहकार्यले तिर्थयात्रीहरुले पोषिलो र स्वादिस्ट खाना पाउने छन् । भने निकै सुलभ मूल्यको फाइदा भारतीय पर्यटकहरुले समेत पाउने छन् । यो तीन देशको सम्बन्ध बिस्तारमा मात्र होइन यो दुई ठुला देशलाई नजिक ल्याउने सशक्त माध्यम समेत हो ।…..Read Full Story