मानसरोवरका तिर्थयात्रीलाई स्वादिष्ट भोजनको व्यवस्था
मधुवन फुडले कैलाश यात्रामा जाने यात्रुलाई सात्वीक भोजन उपलब्ध गराउने भएको छ। कम्पनीले भारत, चीन र नेपालसँग सहकार्य गरेर भोजनको व्यवस्था गर्ने भएको हो। एसोसियसन अफ कैलाश टुर अप्रेटर एक्टोन प्रालिका प्रेसिडेन्ट प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमित प्रताप गुप्ताले सहकार्य मार्फत भोजन उपलब्ध गराउने भएका हुन्। विगत लामो समयदेखि कैलाश मानसरोवर यात्राले नेपाली अर्थतन्त्रमा सहयोग पुर्याउदै आएको छ। र, यस सहकार्यबाट नेपाललार्इ पनि लाभ हुने अाशा गरिएको छ।
श्रेष्ठ र गुप्ताले खाना, वासस्थान तथा यात्रुको सहजीकरणका लागि विभिन्न योगदान गर्दै आएका छन्। चीन र भारतका तिर्थ यात्रा सेवा केन्द्र सिआईपीएसईका प्रमुख कार्यकारी अधिकृत वान क्युन लिनले सहकार्यको मुख्य उद्देश्य तिर्थयात्रीलाई राम्रो सेवा, प्राकृतिक र स्वस्थ्य खानेकुरा प्रदान गरेको बताएका छन्।
वानले भने, ‘तिर्थयात्रुलाई चीनले निकै उत्कृष्ट सडक, होटल र अन्य सेवा सुविधा दिएको छ। यो चीन, नेपाल र भारतबीचको सहकार्यले यो यात्रालाई अर्को तहमा पुर्याएको छ।’ विगतका समयमा तिर्थयात्री स्वयंमले खाने, बस्ने व्यवस्था मिलाउँनु पर्ने बाध्यता थियो र यस सहकार्यले अब निकै सजिलो हुने भएको छ।
गतवर्ष, करिब २० हजार तिर्थयात्रुले मानसरोबरको यात्रा गरेका थिए। यो वर्ष विगत १० हप्तादेखि निरन्तर चलिरहेको यात्रामा मधुवनले ६७ सय यात्रुलाई खानाको व्यवस्था गरेको छ।……Read Full Story
To know more about the Kailash Tirth Seva, Click Here
Author Name: Maitri News
Follow us on