कैलास मानसरोवर जाँदा अब खाना बोमधुवन फुडले कैलास यात्रामा जानेका लागि खानाको ब्यवस्था गर्ने निर्णय गरेको छ
कैलास मानसरोवर जाँदा अब खाना बोक्नु नपर्ने
मधुवन फुडले भारत, चीन र नेपाल बीचको सहकार्यमा कैलास यात्रामा जाने यात्रुलाई ‘सात्वीक’ भोजन उपलब्ध गराउने भएको छ ।
कम्पनीका एसोसियसन अफ कैलास टुर अप्रेटर (एक्टोन)का प्रेसिडेन्ट प्रालिका प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमित प्रताप गुप्ताले सहकार्य मार्फत भोजन उपलब्ध गराउँने भएका हुन् ।
विगत लामो समयदेखि कैलाश मानसरोवर यात्राले नेपाल इकोनमीलाई सहयोग गर्दै आएकोे छ ।
श्रेष्ठ र गुप्ताले खाना, वासस्थान तथा यात्रुको सहजीकरणका लागि विभिन्न योगदान गर्दै आएका छन् ।
चाइना इन्डिया तिर्थ यात्रा सेवा केन्द्र (सिआईपीएसई) का प्रमुख कार्यकारी अधिकृत वान क्युन लिनले सहकार्यको मुख्य उद्देश्य तिर्थयात्रीलाई राम्रो सेवा, प्राकृतिक र स्वस्थ्य खानेकुरा प्रदान गरेको बताएका छन् ।
वानले भन,े ‘तिर्थयात्रुलाई चीनले निकै उत्कृष्ट सडक, होटल र अन्य सेवा सुविधा दिएको छ । यो चीन, नेपाल र भारत बीचको सहकार्यले यो यात्रालाई अर्को तहमा पुर्याएको छ ।’
विगतमा समयमा तिर्थयात्री स्वयंमले खाने, बस्ने व्यवस्था मिलाउँनु पर्ने बाध्यता थियो र अब निकै सजिलो भएको छ ।
गतवर्ष, करिब २० हजार तिर्थयात्रुले मानसरोबरको यात्रा गरेका थिए । यो वर्ष बिगत १० हप्तादेखि निरन्तर चलिरहेको यात्रामा मधुवनले ६७ सय यात्रुलाई खानाको व्यवस्था गरिएको छ ।……Read Full Story
To know more about the Kailash Tirth Seva, Click Here
Author Name: Headline Nepal
Follow us on