मधुवन फुडले कैलाश यात्रामा जाने सबैको लागि खानाको ब्यवस्था गर्ने निर्णय गरेको छ ।
मधुवन फुडले कैलाश यात्रामा जाने सबैको लागि खानाको ब्यवस्था गर्ने निर्णय गरेको छ ।
यसको लागि भारत, चीन र नेपाल बीचको सहकार्यमा यात्रामा जाने यात्रुलाई ‘सात्वीक’ भोजन उपलब्ध गराउने भएको हो ।
यो कार्यको लागी एसोसियसन अफ कैलास टुर अप्रेटर (एक्टोन)का प्रेसिडेन्ट र एमजी डाइरेक्टर एक्स्पोर कैलास टेक्स् प्रालिका प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमितप्रताप गुप्ताले सहकार्य गरेका हुन् ।
प्रकाश श्रेष्ठ यो कार्यक्रमको मुख्य कोअडिनेटर छन् जसले सबै एक्टोनका सदस्यहरुलाई सहयोग गर्ने छन् । । उनले चीनमा लजिस्टीक र सबै खानेकुराहरुको ब्यवस्था गर्न सहयोग गर्ने छन् भने सुमितप्रताप गुप्ताले खानेकुराहरुको ब्ययस्थापन बिभिन्न ठाउँमा मिलाउने जनाएका छन् ।
फुडले तिर्थयात्रुको स्वादलाई ध्यानमा राखेर भारतीय सेफ ल्याएर सबै ठाँउमा भारतीय स्वादमा खाना बनाइने जनाएको छ ।
यात्रा अवधिभर, तिर्थयात्रुलाई टेष्ट अनुसारको खाना दिइने छ । यात्रा अवधिभर यसरी दिइने सेवाले तिर्थयात्रुले सुविधा पाउने छन् भने नेपालमा रोजगारी सृजना हुने बताइएको छ ।
चाइना इन्डिया तिर्थ यात्रा सेवा केन्द्र (सिआईपीएसई) का प्रमुख कार्यकारी अधिकृत वान क्युन लिनले यो सहकार्यको मुख्य उद्देश्य सबै तिर्थयात्रीलाई राम्रो सेवा, नेचुरल र हेल्दी फुड प्रदान गर्नु भएका बताए । । वानले भने ‘तिर्थयात्रुलाई चीनले निकै उत्कृष्ट सडक, होटल र अन्य सेवा सुविधा दिएको छ । यो चीन, नेपाल र भारत बीचको सहकार्यले यो यात्रालाई अर्को तहमा पुर्याएको छ ।’
यसअघि यात्रामा जाने तिर्थयात्रुले आफ्नो लागि आफै खानेकुराको बन्दोबस्त गरेर जानु पर्ने थियो । अब त्रिदेशीय साझेदारी पछि खानेकुरा तिर्थयात्रीहरुलाई लञ्च बक्समा दिइने छ । निकै सुरक्षीत र हाइजेनिक प्याकिङ हुने खाना यात्रुले आफुलाई मन लागेको समयमा खान सक्नु हुने फुडले बिश्वास लिएको छ ।…Read Full Story